नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको सफल आरोहण गरेका छन् । उनले अक्टुबर ३१ तारिखमा बिहान ६: ४० मा तान्जेनियाको किलिमन्जारोको सफल आरोहण गरेका हुन्।
उनले पाँच हजार ८ सय ९५ मिटर अग्लो किलिमन्जारोमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको पाण्डेले बताए ।
उनी सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यमा छन् । यसअघि उनले गत जुन २९ तारिखमा रुस स्थित युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल आरोहण गरेका थिए।
उनले सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।