काठमाण्डौ असोज २७ – पछिल्लो समय नेपाली लोक संगीतको क्षेत्र अवार्डमय भएको छ । हुन पनि कुनै पनि क्षेत्रमा गरेको कामलाई कतै बाट प्रोत्साहन भएन भने उर्जासिल ढङ्गबाट अगाडी बढ्न सकिदैन । तर यसरी आयोजना हुँदै आएको बिभिन्न अवार्ड कार्यक्रमहरु व्यवसायिक भए भन्ने गुनासो पनि आउने गरेका छन् । अहिले बजारमा नाम नै नसुनिएका नवकलाकारले सर्वउत्कृष्ठ गायकको अवार्ड सामाजिक संजालमा तेर्स्याउदा पनि अवार्ड कार्यक्रमहरुको बिस्वस्नियता घटेको मान्न सकिन्छ । जब सम्म अवार्ड किनबेच हुन्छ तब सम्म राम्रा कलाकारहरुले आफ्नो कामको सम्मान पाउँदैनन्, त्यसैले उत्कृष्ठ कलाकारले नै अवार्ड चुम्न पाउनु पर्दछ भन्ने सोचका साथमा बिगत केहि बर्ष देखि आयोजना हुँदै आएको सुनाखरी मल्टीमिडिया फाउन्डेसन् प्रालिको प्रस्तुति काँठे लोक दोहोरी अवार्ड २०८० यहि आउँदो मंगसिर २७ गते हुने भएको छ ।

उक्त कार्यक्रमको मनोनयन सार्बजनिक गत असोज ६ गते नै गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बागमती परदेशका खानेपानी तथा सिंचाईमन्त्री तिर्थ लामा थिए । इन्द्रेणी सांस्कृतिक बिकाश केन्द्रको हलमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका अध्यक्ष माधब थापाले यहि असोज २७ गते अवार्डको बिशेष कार्यक्रमलाई सम्पन्न गरिने बताएका थिए । तर यति ठुलो कार्यक्रमको आयोजना हुँदा प्रमुख अतिथिले यस दिन समय दिन नसक्ने कारण कार्यक्रमलाई  १ महिना पर सारिएको जानकारी आयोजकबाट प्राप्त भएको छ । उक्त नोमिनेसन कार्यक्रममा दोहोरी क्षेत्रका सबैजसो कलाकारको बाग्लो उपस्थिति रहेको थियो ।

सोहि मनोनयन सार्बजनिक कार्यक्रममा आयोजकले नेपाली मौलिक संस्कृतिलाई माथि उठाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपस्थित सम्पूर्ण अतिथि कलाकारहरुले आफ्नो मन्तब्य राख्ने क्रममा शुभकामना व्यक्त गरेका थिए । अवार्ड कार्यक्रम राष्ट्रिय नाचघर जमलमा मङ्सिरको २७ गते सम्पन्न हुने भएको छ ।  उक्त कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट अवार्ड झम्के फुली नाकैमा बुलाखी, जस्ता अशंख्य गीतहरुमा आफ्नो स्वर भरिसकेका बरिष्ठ गायक धुर्ब राज खड्कालाई प्रदान गरिने पनि आयोजक संस्थाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया