काठमाण्डौ असोज २५ – काठमाण्डौ कोटेश्वरमा अवस्थित सालघारी दोहोरी साँझले आफ्नो १३औं वार्षिकउत्सव हिजो धुमाधामका साथमा सम्पन्न गरेको छ वरिष्ठ गायक प्रेमराजा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्वअध्यक्ष चन्द्र शर्मा, लोक दोहोरी गायक तथा संगीतकार नमराज ढुंगाना, रामप्रसाद अवस्ती, गायिका एवं मोडल तथा लोकप्रिय संचारकर्मी शोभा त्रिपाठी, मोडल सिम्रन दुलाल, गायिका स्मृति गौतम, मन्जु गौतम, मोडल संजिव ठकुरी, रात्रीकालिन मनोरन्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का संचारकर्मी राजु बोहारा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी प्रेमराजा महतले आफु गाउँका बिभिन्न सालघारीमा यात्रा गरेता पनि आज सालघारीको बिचमा उभिएर लोक दोहोरीको मज्जा लिन पाएकोमा निकै हर्षित भएको विचार राखे । उनले आगन्तुक पाहुनालाई आफ्ना बिभित गीत समेत गाएर आनन्द प्रदान गरेका थिए । लोकप्रिय लोक दोहोरी गायिका उमा श्रेष्ठ द्वारा संचालित सो दोहोरी साँझमा अहिले दर्जनौ कलाकारहरुले रोजगार प्राप्त गरिरेका छन् । गायिका उमाले १३औं बर्ष सम्म आइपुग्दा निकै उल्लासमय ढंगबाट आफ्नो जिम्मेवारी सम्हाल्ने सम्पूर्ण कलाकारहरुलाई खादा लगाएर सम्मान गरेकी थिइन् ।
सोहि बिशेष कार्यक्रममा नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीतलाई माथि उठाउन र कलाकारको संरक्षणका लागी आफ्नो तर्फबाट भूमिका निर्वाह गरेवापत, रात्रीकालिन मनोरन्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्क लगायत समुह, साथै अन्य बिभिद व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
उक्त बिशेष समारोहलाई लोकप्रिय गायक अमृत खातीले संचालन गरेका थिए । गायिका एवं व्यवसायी उमा श्रेष्ठले कार्यक्रमको शोभा बढाउन आफ्नो आतिथ्यतालाई स्वीकार्दै उपस्थित हुनुहुने प्रमुख अतिथि प्रेमराजा महतलाई मायाको चिनो प्रदान गर्दै बिदा गरेकी थिइन् । सालघारी दोहोरी साँझलाई माया गरेर पाल्नुहुने पाहुनाहरुले पनि उक्त कार्यक्रमको भरपुर मज्जा लिएका थिए । सो वार्षिक उत्सवको कार्यक्रम आज २५ गते पनि निरन्तर चल्ने रहने जानकारी छ ।