काठमाण्डौ असोज २१ – नेपाली उखान नै छ, पैसा देखेपछी महादेवको पनि तिन नेत्र, यहाँ पैसा बिना साथीभाको नजरमा समेत पर्न सकिंदैन । हरेक पाइला-पाइला मा पैसाको पैसाको अभाव पश्चात कयौं नेपालीहरु पर्देशिन बाध्य छन् । यस्तै पैसा अभावमा निम्तिएको दुखको कथामा बद्रि प्रसाद सिटौलाले लोक दोहोरी गीत “पैसा” भर्खरै सार्बजनिक गरेका छन् । उनले यस्तै सामाजिक यथार्थपरक गीतलाई यस भन्दा पहिले पनि सार्बजनिक गरिसकेका छन् । कलाकार बद्रि दुखमा मात्र होइन रोमान्चक धारका गीतहरु बाट पनि आफ्ना श्रोता तथा दर्शकहरुलाई आनन्द प्रदान गर्नुपर्छ भन्ने मान्यतामा रहन्छन् । यसो हुँदा मौलिकताको पक्षमा पनि रहनु पर्छ भन्ने उनको तर्क छ ।

उनै बद्रि प्रसाद सिटौलाको पछिल्लो पटक सार्बजनिक भएको गीतमा स्वर बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय रामहरी भण्डारीले भरेका हुन् भने शब्द राजकुमार खनालको रहेको छ । गीत जस्तो कर्णप्रिय बनेको छ उसैगरेर नै म्युजिक भिडियो पनि निकै मन छुने बनाउने प्रयास गरिएको छ । भिडियोमा राजकुमार खनाल र बिनिता दाहालको जिबन्त अभिनय देख्न सकिन्छ । उमेश कार्की यु के द्वारा निर्देशित भिडियोलाई छायांकन मरुभूमि नारायणले गरेका हुने भने सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया