काठमाण्डौ असोज २१ – नुवाकोट जिल्लामा जन्मिएका शम्भु नेपाल नेपाली साहित्य प्रति अत्यन्त रुची राख्छन् । यहि रुचिकै कारण साहित्य कै अर्को पाटो गीत लेखनमा बिगत निकै लामो समय यता क्रियासिल उनैको शब्द रचना भर्खरै मात्र लोक दोहोरी गीत “ए मुङ्गलानी फर्क” बोलको गीत सार्बजनिक भएको छ । संगम थापा र शम्भु नेपालको संयुक्त प्रस्तुतिको रुपमा सार्बजनिक भएको गीतमा सन्तोष बि.सी, संगतम थापा र कोपिला तामाङ्ग वाइबाको स्वर सुन्न सकिन्छ । गीतमा राम्जी थापाको लय रहेको छ ।

बाध्यता र विवस्ताको कारण परदेशिनु परेको एक युवाको मर्मस्पर्सी कथामा समाबेश भएको “ए मुङ्गलानी फर्क” बोलको गीतको म्युजिक भिडियोमा सुमन कालिकोटे, आशा बिस्वकर्मा, सुदर्शन अधिकारी, रिया नेपाल र रिता नेपालको जिबन्त अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश कार्की यु के ले गरेका हुन् भने छायांकन सन्तोस तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई मिलन फिल्म्स प्रदक्सन नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया