काठमाण्डौ भाद्र १० – यस बर्षको नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८० लाइ लक्षित गर्दै थुप्रै कलाकारहरुले थुप्रै गीतहरु बजारमा ल्याएका छन् । यस भित्र कस्का सिर्जनाले बाजी मार्ने हो भन्ने कुरा भने आगामी दिनले बताउने छ । तर पहिलेका बर्षहरुलाई फर्केर पछाडी हेर्न नपरेका गायक तथा सर्जक प्रकाश कटुवालले भने आफ्ना सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नेमा ढुक्क रहँदै भर्खरै आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति “तीज आयो स्वामी राजा”  सार्बजनिक गरेका छन् ।

उनका प्रस्तुतिहरुमा पृथकता त हुन्छ नै, त्यो पृथकता भित्र प्रकाशले गत दिनहरुमा अन्यकौं टिप्पणी पनि खेप्न पर्यो । यस वर्ष भने आफ्नो प्रस्तुतिमा तीज गीत सार्बजनिक गर्दा कहिँ कतैबाट पनि टिप्पणी खेप्न नपर्ने सिर्जना तयार पारेका छन् । किन कि उनले मौलिकतामा डुबेर एक अर्धांगिनीको यथार्थ भाव यो गीतमा समाबेस गरेका छन् ।

प्रकाश कटुवालको लय तथा शब्द सिर्जना तयार भएको यस गीतमा प्रकाश कटुवाल र अर्की सर्वप्रिय गायिका सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा एक चेली माइतीघर जाने खुसीमा गदगद भएको कथा समाबेस गरिएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल, आरुषी मगर, समिक्षा छेत्री, ममता राना, रिया खड्का, बिनोद लामा, प्रकाश सोनी,नवराज काप्री, रति खड्का, भरत श्रेष्ठ र शंकर परियार जस्ता कलाकारहरुको आकर्षक अभिनय देख्न सकिन्छ ।

बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन राम के सी ले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई प्रकाश कटुवाल अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया