काठमाण्डौ भाद्र १० – धेरै बर्ष यता लोक तथा दोहोरी गीत संगीतमा आफ्नो जिबन समर्पण गर्दै आएका लोकप्रिय न्गायक तथा सर्जक राजेश ढकालले नेपाली नारीहरुको महान चाड हरितालिका गीत २०८० लाई लक्षित गर्दै एक तीज गीत भर्खरै सार्बजनिक गरेका छन् । उक्त गीत “नाचिदेउ छमछमी” बोलको रहेको छ । प्रस्तुत गीत राजेशको मात्र नभई सरिता चौलागाईंको पनि प्रस्तुति हो । राजेश र सरिताको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतमा राजेश ढकाल र सरिता चौलागाईंको सुमधुर स्वर सुन्न सकिन्छ ।
ढकाल कै लय शब्दमा तयार भएको “नाचिदेउ छमछमी” बोलको गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, आयुष्मा कार्की र महेश साउदको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । कलाकार राजेश गायन क्षेत्रमा मात्र होइन पछिल्लो समयमा यसै क्षेत्रको सम्वृद्धिका लागी संचार क्षेत्रमा पनि क्रियासिल छन् । माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चाहनले गरेका छन् । गीतलाई राजेश ढकाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।