विराटनगर । राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीले पञ्चेबाजासहित धान रोपाईं गरेका छन् । झोराहाट नाट्य समूहको संयोजनमा विद्यालयका कक्षा १ र कक्षा १० का विद्यार्थीहरुले रोपाई गरेका हुन् । विद्यालयका प्राचार्य, सह–प्राचार्यसहित खेतमा पुगेका विद्यार्थीहरुले हिलो छ्यापाछ्याप गर्दै रोपाई गरेका हुन् । करिब तीन सय विद्यार्थीले धान दिवसको अवसरमा रोपाई गरि दहि च्यूरा खाएर फर्किएका छन् । नेपाल कृषिप्रधान देश भएपनि शहरमा बस्ने पछिल्लो पुस्ताले कृषि पेशाका बिषयमा जानुन भन्ने उद्देश्यले रोपाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । उहाँले कृषकहरुको सम्मानका निम्ति हरेक नागरिकले कृषि पेशालाई बुझ्न आवश्यक रहेको तर्क गर्दै व्यवहारिक ज्ञान दिलाउन रोपाई गरिएको बताउनुभयो । झोराहाट नाट्य समूहका सञ्चालक तथा नाट्यकार भरत गुरागाई (बरबरिक) ले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एभरेष्ट स्कुलले व्यवहारिक शिक्षामा दिएको जोडको प्रशंशा गर्नुभयो । कार्यक्रममा सहभागि विद्यार्थीहरुले रोपाईंका बिषयमा जानकारी पाएको मात्र नभई निकै रमाइलो अनुभूति भएको प्रतिकृया दिएका छन् ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
मूर्ति सेलाउँदा डुबेर बेपत्ता प्रअको छोराको शव १४ घन्टा पछि फेला
सञ्जय मिश्रा रौतहट २३ माघ। रौतहटको पूर्वि भेग राजदेवी नगरपालिका छेउ बागमती नदीमा सरस्वतीको मुर्ती विसर्जन गर्ने क्रममा ...
आरटीसी भुटानलाई ७ गोलले हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा
काठमाण्डाै – भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । धरान रङ्ग...
चिया निर्यातमा देखिएको समस्या हल गरिनेछ: प्रधानमन्त्री
काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्...
गायिका जेरीले योगमाया सखी बनेर कथा वाचन गर्ने महायज्ञ शुरु
काठमाडौं, २३ माघ । गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज...
विद्यार्थीलाई सैद्धान्तीकसंगै व्यवहारीक ज्ञान आवश्यक पूर्वशिक्षामन्त्री : गोपालमान श्रेष्ठ
काठमाडौँ । पूर्व उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यार्थीलाई सैद्धान्तीकसंगै व्यवहारीक ज्ञान आवश्यक रहेक...
विभिन्न कार्यक्रम गर्दै नेपाल टेलिकम प्रादेशिक कार्यालयले मनायो २१ औं वार्षिकोत्सव
विराटनगर । नेपाल टेलिकमको कोशी प्रदेश कार्यालय विराटनगरले २१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । आज विराटनग...