काठमाडौं : पछिल्लो समयकी चर्चित र व्यस्त गायिका समिक्षा अधिकारीको नयाँ गीत ‘जिन्दगी’ले सार्वजनिक भएको छ । अहिलेका व्यस्त संगीतकार लक्षमण पोखरेलको संगीत रहेको गीतमा समाजसेवी गीतकार नारायण रेग्मीको शब्द रचना रहेको छ ।
चर्चित गीतारिस्ट एरेन्जर सन्जीव बराईलीको एरेन्ज रहेको गीतमा किशोर थापाको मिक्सिङ र राजेश श्रेष्ठको रेकर्डिङ रहेको छ । ए वान म्युजिसिएन स्टुडियोमा रेर्कड भएको गीतमा गायिका समिक्षाले नै मोडलिङ गरेकी छिन् । प्रेम बिछोडको भावमा रहेको गीत गायिकाको जीवनमा मेल खाने खालको रहेको छ।
‘जीन्दगीले घात गर्यो सपनीले छल्न थालेपछि’ बोलको उक्त गीतलाई गीतकार र संगीतकारले निकै कर्णप्रिय सरल भावमा तयार गरेका छन् । गायिका अधिकारीले उक्त गीतलाई निकै मिठाससँग गाएकी छिन् । गीतको भिडियो ओजस फिल्मले तयार गरेको हो भने गीत ‘कि अफ लाइफ’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।