काठमाडौं । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा रहेको ‘सुस्तरी सुस्तरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वर सुन्न सकिन्छ। प्रेम भाव समेटिएको गीतमा शब्द नविन श्रेष्ठको रहेको छ। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा मोडल नग्मा श्रेष्ठ र प्रवीण डिसीको भिडियोमा अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। जस बहादुर याखा (जसु) को निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘नागेन्द्र श्रेष्ठ’ मार्फत सार्वजनिक भएको हो।

लामो लामो समय देखि हङकङमा बसोबास गर्दै आइरहेका संगीतकार श्रेष्ठले हालसम्म २ सय ५० भन्दा बढी गीतमा संगीत दिइसकेका छन् भने ७० वटा भन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन्। दर्जनौ चर्चित गायक गायिका संग काम गरिसकेका श्रेष्ठ हङकङमा हारमोनियम उस्तादका रुपमा समेत परिचित छन् । आफ्नो नयाँ गीतको भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन संगीतकार श्रेष्ठले सबैलाई आग्रह गरेका छन् ।

https://youtu.be/PLoF5NWca98

 

तपाईको प्रतिक्रिया