काठमाडौं, १७ बैशाख
राजधानीमा सम्पन्न दशौ म्युजिक खबर म्युजिक अवार्डमा ‘कौवा करायो’ बोलको गीतका लागि गीतकार रमेश दहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड प्रदान गरिएको छ । विगत तिन दशकदेखि नेपाली मुलधारको गीत लेखनमा सकृय दहाल आधुनिक तथा पप विधाका गीत लेख्छन् । पुरस्कृत गीतमा टीका दहालको संगीत तथा सुरक्षा सेन्चुरीको आवाज रहेको छ ।
सयौ हिट गीत लेखेका दहालले एकपछि अर्को उत्कृष्ट गीत लेख्दै स्रोता तथा दर्शकको मन पनि जिती रहेका छन् । रेडियो नेपाल, गीतकार संघ नेपाल, इमेज अवार्ड, सगरमाथा अवार्ड, लगायत राष्ट्रिय स्तरका अवार्ड प्राप्त गरीसकेका दहालले यस अघि पनि अवार्डको आठौ श्रृङ्खलामा ‘जननी जन्मभूमि’ बोलको उत्कृष्ट राष्ट्रभावको गीतका लागि अवार्ड प्राप्त गरेका थिए ।
विगत १० बर्षदेखि निरन्तर रुपमा अवार्ड प्रदान गर्दै आएको म्युजिक खबर म्युजिक अवार्ड देशको प्रतिस्थित अवार्डमा लिइन्छ । प्रमुख अतिथि माननिय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका तिर्थकुमारी थापालाई नगद रु ५१ हजार सहित दिर्घसाधना सम्मान प्रदान गरिएको थियो ।
‘‘अवार्डले श्रष्टा कलाकारलाई थप उर्जा दिन्छ र जिम्मेवारी समेत बोध गराउछ’’ दहालको भनाई थियो ।
शुभकामना मेडिया सोलुसनको आयोजनामा सम्पन्न कार्यत्रफ्ममा करिव ५०० जनाको उपस्थिति रहेको थियो भने विभिन्न विधामा ख्यातिप्राप्त विज्ञहरुको जुरी भूमिका रहेको थियो । यहि बैसाख १५ गते राजधानीमा सम्पन्न यस राष्ट्रिय स्तरको अवार्ड कार्यक्रममा देशैभरिका सयौ कलाकारले भाग लिएका थिए ।
गायक रामकृष्ण ढकाल सहितको प्रस्तुति रहेको कार्यक्रममा नेपाली गीत संगीतका विभिन्न ४० विधामा अवार्ड प्रदान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया