‌ओहो अजिब रैच यो हात्ती
आजकाल चर्छ पनि धेरै यो हात्ती ।

हिजो अस्ती हात्ती हुनेका ठाँटबाट नै बेग्लै थियो
आज हात्तीको पनि मोल घटेछ बरै ।।

हात्ती चर्न त जान्छ निकै
फर्किदा हरिण हुन्छ बरै ।

जंगल पनि अब त मासिदै छ कठै
शहररुपी कोलाहलमा हात्ती भक्कानीदैछ कतै ।।

अब हात्ती हरायो
आफ्नै अस्तीत्वको खोजीमा ।

चानचुनसरी रहेन ईज्जत त्यै हात्तीको
तै पनि भागदौड कायमै छ ।।

‌ओहो अजिब रैच यो हात्ती
आजकाल चर्छ पनि धेरै यै हात्ती ।

बिनयबिष्णु के. सी.
बिराटनगर – ०८

तपाईको प्रतिक्रिया