आज पट्क्कै निन्द्रा लागेन
सकस निकै भयो
भारी मन, कसरी पो निदाउन सक्थ्यो
भोली घर छोड्नु छ
सबैका ति मलिन अनुहारमा खुशीको त्यान्द्रो जोड्नु छ
तर आज पटक्कै निन्द्रा लागेन
जोरी खेल्दै छु, यै सिरानीसंग
भनौ… कि आफ्नै भाग्य संग
तर भोली त घर छोड्नु छ
सपना बुन्दैछु आजैको रात
भोलीको बिहानीमा पक्कै साहस हुनेछ
आखाँ जुधाउन ती आदि अंगहरुसंग
फर्की आउछु एकदिन
सपनाको भारी बोकी
पर्खी बस्नु है क्षितिज नियाल्दै
तर आज निन्द्रा लागेन
अह, पटक्कै लागेन
लामो सास तान्छु
सबै तिर नियाल्छु, अनी सम्झन्छु
आज त अन्तिम रात, यो घर छोड्ने रात ।।
बिनयबिष्णु के. सी.
बिराटनगर – ८