काठमाडौँ —
नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा सभ्यतासंगै कमल सिंहको अभिनय देख्न पाईनेछ।
प्रबिशा अधिकारी र राजा खतिवडाको स्वर रहेको उक्त गीतमा सीता सुवेदीको शव्द र सरोज पोखरेलको सङ्गीत तथा उदयराज पौडेलको ‘सङ्गीत संयोजन’ रहेको छ। दिनेश पराजुलीले छायाङ्कन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका छन ।
जीवन शाहीको निर्देशन तथा हेमन्त गुरुङ्गको कोरियोग्राफीमा तयार पारिएको उक्त म्युजिक भिडियो ‘सरोज पोखरेल अफिसियल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो—