काठमाडौँ । चर्चित गायिका टिका प्रसाईको नयाँ ‘आश छ र त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका टिका र गायक नरेन कुलुङको स्वर रहेको म्युजिक भिडियो टिका प्रसाईको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द संगीत समेत गायिका प्रसाईकै रहेको छ ।

भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । सनम तामाङको छायांकन रहेको भिडियोको सम्पानदन अर्जुन खड्काले गरेका हुन् ।

भिडियोमा गायक गायिका टिका र नरेन दुबै जनाको प्रस्तुती रहेको छ ।

यसअघि टिकाको ‘नाइ मलाई थाहा छैन’, ‘माया लुकीलुकी’, ‘कर्के नजर’ लगायतका गीतले रेकर्डब्रेक समेत गरेका थिए । भने तिमी मलाई मन पर्छ, नतोड न, एउटा कुरा भनुँ , केही हुन्न भेट हुदैमा लगायतका चर्चित छन् ।

म्युजिक भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया