काठमाण्डौ जेष्ठ १६ – नेपाली सुगम संगीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाएका लोकप्रिय गायक तथा सर्जक इशान बसन्तको अर्को गीत बजारमा आउने तयारीमा रहेको छ । यस अघि पनि उनको प्रस्तुतिमा थुप्रै गीत सार्बजनिक भैसकेका छन् । जस मध्य आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हु म लगाएतका गीतहरु हुन् । संगीतको साधक पनि रहेर इशान यस क्षेत्रमा समर्पित छन् ।
उनको अब छिट्टै सार्बजनिक हुन लागेको गीत “तिम्रो माया नै” बोलको रहेको छ । उक्त गीतलाई छायांकन गरेपश्चात सार्बजनिक गरिने गायक इशानले जानकारी गराएका छन् । इशान बसन्तको सुमधुर स्वर द्वारा सजिएको सार्बजनिक हुन् लागेको गीतमा शब्द श्याम कृष्ण महर्जन (शुसान्त घायल) को रहेको छ भने संगीत गायक स्वयम् को रहेको छ ।