चर्चित गायक डम्बर नेपालीको ‘बिग्रेको मान्छे २’ को ‘कुकुरकै जुनि भयो’ सार्वजनिक भएको छ।
युवापुस्ताको लाइफ स्टाइललाई समेटेर बनाइको उक्त गीतको शब्द, संगीत गायक नेपाली स्वयमकै हो। गीत युट्युबमार्फत् प्रिमियर भएको हो।
दुई दशकदेखि संगीत साधनामा क्रियाशिल नेपाली हरेक पटक गीत ल्याउँदा फरक पन दिने गर्छन्। ‘यो गीतबाट पनि राम्रो प्रतिक्रिया मिलेको छ, युवा पुस्ताहरुले रुचाइ दिनुभएको छ’, गायक नेपालीले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘गीतमा निक्कै मेहेनत गरेका छौँ।’
युवा पुस्ताहरु पैसा कमाउने तर पैसा नबचाउने, साथीभाइको लागि ज्यान दिने तर आफ्नै जिन्दगी मुनि भएको र कुकुरको जुनि भएको गायक नेपालीले गीतमा व्यक्त गर्छन्।