कबि तथा गीतकार अमर बान्तु राईको नयाँ म्युजिक भिडियो ‘चकमक झुलो’ सार्बजनिक भएको छ। गायक किरण गज्मेर र रचना रिमालको आवाजमा रहेको गीत ‘चकमक झुलो’ अहिले चर्चामा रहेको छ। बहुप्रतिभावान कबि गीतकार राईको रचना र राजनराज शिवाकोटीको संगितमा समावेश गीतको भिडियोलाई ओ एस् आर बाट रिलिज गरिएको हो।

भिडियोमा अभिनेता पल शाह र टिकटकर गरीमा शर्मा फिचर्ड छन्। विक्रम चौहानको कोरीयोग्राफी तथा निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन्। भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया