काठमाण्डौ पौष ०४ – प्राय नेपालीहरु बाध्यता र विवसताको कारण परदेशिने गरेका छन् । आफ्नो सन्तानलाई शुख शान्ति दिन साथै आफ्नो आमा बुबाको फाटेको टोपी र उद्रिएको चोली फेरिदिने पनि उच्च सपनाको साथ पर्देशिदा धेरै दुखका घटनाहरु पनि हामीले सुन्न पाएका छौं, की” फलानोको छोरो त परदेशमा नै बितेछ । स्वदेशमा नै युवा स्वरोजगारको सुव्यवस्था भएको भए धेरै नेपालीहरु पर्देशिदैन थिए होलान् । यस्तै र यिनै पेरिफेरीमा रहेर विभिन्न गीत संगीत पनि बजारमा आइरहेका छन् । बिशेष गरेर लोक तथा दोहोरी गीतबाट परदेशीको कथा सुन्न पाइने सांगीतिक क्षेत्रमा अहिले भने एक फरक स्वादमा गीत बजारमा आएको छ ।

उक्त गीत (परदेशमा) एल्बम बाट “जुनतारा गन्दै परदेशमा” बोलको रहेको छ । गीतमा शब्द स्वर र संगीत सुबाश राईको रहेको छ । गीतलाई पप संगीतको स्वादमा तयार पारिएको हो । गीतको गहिराहिले जो कोहीलाई सोच्न बाध्य बनाउने छ । निकै घत लाग्दो ढंगबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा गोपीकृष्ण राई, प्रमिला कार्की र रेशम लिम्बुको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन गोपीकृष्ण राइले गरेका हुन् भने छायांकन लामा शांग र सम्पादन निर्देशक स्वयम् लामा शांग नै गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया