काठमाडौं १ पुष
उपन्यास ‘एक चिहान’लाई यही ३ पुषबाट रँगमञ्चमा हेर्न पाईने भएको छ । उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको यो उपन्यासलाई नाटकमा रुपान्तरण गरिएको छ । यसलाई रमेश बिजीले नाट्य रुपान्तरण गरेका हुन् । एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले यसलाई फेरी मन्चन सुरु गर्दैछ ।
एक चिहानको मञ्चन ३ पुष देखि ९ पुषसम्म हुँदैछ । मुलत विधार्थीहरुलाई लक्षित गरेर यसपटक यो उपन्यासलाई नाटकको रुपमा मञ्चन गरिएको हो । यसलाई दैनिक बिहान ८ बजे बिहान ११ बजे र दिउँसो २ बजे गरी दैनिक ३ वटा सो मञ्चन गरिने भएको छ । नाटक ७ दिनसम्म नाचघरमा मञ्चन हुने भएको छ । कक्षा १२ तथा स्नातकका विधार्थीहरुका लागि सम्बन्धित स्कुल तथा कलेजले पुरा शो नै किन्न सक्ने पनि नाचघरले जनाएको छ ।
यो उपन्यासलाई नाटकको रुपमा अग्रज नाट्यकर्मी बीरेन्द्र हमालले निर्देशन गर्दैछन् । यतीबेला नाचघरमा एक चिहानको नाट्य अभ्यास भईरहेको छ ।
नाचघरमा पुष ३ बाट एक सातासम्म एक चिहान मञ्चन हुँदै
