काठमाडौं । हाम्रो आ-आफ्नो जिवन भोगाइका कथाहरु छन् । पिर ब्यथाहरु छ्न् । जिन्दगी भन्नु एउटा सम्झना रहेछ ।
शरीर जहाँ भए पनि मन त आफ्नो तेहि आफु जन्मे हुर्केको गाउ ठाउँमा हुन्छ । धेरै वर्ष पहिले भुटानमा बस्ने भुटानीहरुले
एउटा एउटा अत्यन्त दुखलाग्दो घटनाको सामना गर्नु परेको थियो । उनीहरु आफ्नो देशबाट लखेटिएका थिए र
शरणार्थीको रूपमा नेपाल पुगेका थिए । उनीहरु आफ्नो देश फर्किन चाहन्थे तर पाएन्न अन्ततः उनीहरु अमेरिका पुगे ।दक्षिण भुटानमा जन्मिएर नेपालमा शरणार्थीका रुपमा १८ वर्ष विताउने मध्यका एक हुन् गायक भक्त घले। सांगीतिक
माहोल भएको परिवारमा जन्मिएका गायक घलेले नेपालमा रहदा शास्त्रीय संगीत सिक्ने मौका पाए। आध्यात्मिक परिवार
भएको कारण भक्ति भजनमा उनको रुचि बढ्न थाल्यो। नेपालमा रहदा उनले बिर्तामोडमा संगीतको गुरु र कार्यलय सचिवमा रुपमा समेत उनले काम गर्ने मौका पाएका थिए।करिव २ दर्जन कभर गीत, १० भन्दा बढी ओर्जिनल गीत सार्वजनिक गरेका घलेले एकल भजन एल्वम समेत सार्वजनिकगरिसकेका छन्। केहि दिन अघि मात्र उनको स्वर ,शब्द र संगीतमा रहेको ‘काफल टिप्न जाउँ’ म्युजिक भिडियो सार्वजनिक भएको छ। अमेरिकामा बस्ने भुटानी नेपालीहरुले साथीभाई संगको गफमा कहिले आफ्नो माटो सम्झिन छ्न्,र भाबुक बन्छ्न । तिनै सम्झनाहरुलाई समेटेर तयार पारिएको ‘काफल टिप्न जाउँ’ गीतमा गोपाल रसाइलीको संगीतसंयोजन रहेको छ।

म्युजिक भिडियोमा वरिष्ठ कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स
प्रस्तुत गरिएको छ। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन्। शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

 

 

 

तपाईको प्रतिक्रिया