काठमाण्डौ अशोज ०४ – खाएर होस् अथवा नखाएर नेपाली गीत संगीतको माधुर्यताबाट अशंख्य संगीत पारखीहरु श्रोता तथा दर्शकहरुलाई आनन्दित तुल्याउनको लागी कलाकारहरुले बिभिन्न गीत संगीत ल्याएकै हुन्छन् । सोहि क्रममा यतिबेला “चरी जस्तै” बोलको गीत सार्बजनिक भएको छ ।
प्रस्तुत गीतलाई योगेश बानु राईले शब्द रचना गरेका हुन् भने संगीत अनुराग श्रेष्ठको रहेको छ । गीतलाई न्याय दिएर लोकप्रिय गायिका तारा श्रीष मगरले स्वर भरेकी छिन् । गीतमा बैंशालु उमेरका चन्चले भाव समेटिएको छ ।
गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने किंग स्टुडियोमा रेकर्ड भएको गीतलाई रेकर्ड सुरेश राइले गरेका छन् । किशु गुरुङ्गको निर्माणमा रहेको “चरी जस्तै” बोलको गीतको हाल सम्म स्टुडियो भर्सनमा मात्रै भिडियो तयार भएको छ । निकट भबिस्यमा नै यस गीतको पूर्ण म्युजिक भिडियो सार्बजनिक हुने कुरा पनि निर्माण युनिटबाट जानकारी प्राप्त भएको छ ।
यस गीतकी प्रस्तुतकर्ता किशु गुरुङ्ग अहिले इजरायलमा रहेकी छिन् । उनले यस थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । भर्खरै बजारमा आएको गीतलाई किशु गुरुङ्ग आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।