सन् २०१८ मा आएको लोकप्रिय गीत ‘मर्ने एउटै बाटो ‘ को दोस्रो भाग सार्वजनिक भएको छ । गायक मिलन कँडेल र गायिका एलिना चौहानको आवाज रहेको गीतमा गायक कडेलको नै शब्द/सङ्गीत रहेको छ ।

‘मर्ने एउटै बाटो २’ को म्युजिक भिडियोमा मोनु शाह र क्रिशला भट्टराईको अभिनय रहेको छ । मर्मस्पर्शी शब्दले भरिएको म्युजिक भिडियो रहर र बाध्यताबीचको प्रेम, गरिबी र सङ्घर्षको कथामा आधारित छ ।

क्रिशला भट्टराईको लगानी रहेको भिडियोलाई गायक कँडेलले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया