तीजको पूर्वसन्ध्या पारेर ए. रस प्रोड्क्सन र नौलो डिजिटलले बजारमा ‘छम छ्म पाउजु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । लोकदोहरीका बादशाहको रुपमा आफुलाई प्रस्तुत गरेका मोडेल तथा नायक शंकर बि.सी. , त्यस्तै चुलबुले र डिम्पलवालीको पहिचान बनाएका सुन्दरी करिश्मा ढकालको साथमा नया प्रतिभाहरु आरोही चौलागाई, जलज चुडाल तथा बाल कलाकार इस्तेला बि.सी. को अभिनय देख्न सकिन्छ। डम्बर नेपाली र लक्ष्मी आचार्यको स्वर रहेको उक्त गीतमा डम्बर नेपालीकै शब्द ,संगीत रहेको छ । राजेन्द्र बि.सी.को निर्देशन रहेको गीतमा रन्धिर श्रेष्ठको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, अर्जुन बि.सी.को नित्य निर्देशन रहेको छ । म्युजिक भिडियो निकै स्तरिय बनेको र आफु निक्कै आशाबादी रहेको कुरा बताउछन निर्देशक राजेन्द्र बि.सी.।

 

तपाईको प्रतिक्रिया