काठमाडौं, साउन २८ । विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड, ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । साउन २८ मा आयोजित गरिएको एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरकको रूप मा एस.पि.जी.अटोमोबाइल्स संग सम्झौतापत्र हस्ताक्षर गरिएको छ ।

चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कुरामा कम्पनी विश्वस्त छ ।

चेरी इन्टरनेशनलका अध्यक्ष झाङ गुईबिङका अनुसार दुई पक्षबिचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा चेरी इन्टरनेशनल विश्वस्त छ ।

साथै नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरीले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजारको मागलाई सम्बोधन गर्ने आयोजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया