काठमाडौं । नवगायिका मनिषा बजगाईको पहिलो गीत ‘चन्चल यो मन’ सार्वजनिक भएको छ । मनको आनन्दको शब्द र चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको संगीत तथा एरेन्जमेन्ट रहेको गीतको भिडियोलाई ओएसआर डिजिटलको युट्युब मार्फत बिहिबार सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा गायिका बजगाई र सन्तोष पन्तको अभिनय रहेको छ । धन योञ्जन लामाको सिनेमाटोग्राफी,माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई मोहनराज अधिकारीको निर्देशन रहेको छ । ८ बर्षको बाल्यकाल देखि गाउन सुरु गरेकी काभ्रेकी गायिका मनिषाको धेरै सागीतिक कार्यक्रमहरुमा भजन एबम गीतहरु गाइसकेकी छिन ।
पिके क्याम्पस पढ्दा देखि नै धन बहादुर गोपाली संग लामो समयसम्म संगीत क्लास लिएकी उनले अब छिटै नै अन्य गीत एबम भजनहरु रेकर्ड गर्ने तयारीमा रहेकी छिन ।