काठमाडौँ। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको नाचिदेउ पुतली सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालिको संगीत सम्योजन रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायांकन र मिलन बिस्वकर्माको सम्पादन रहेको छ । भिडियोमा सुधिर श्रेष्ठ र गिता ढुंगाना फिचर्ड छन् । भिडियो एसपि म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई दर्शकले मन पराएका छन्। सार्वजनिक भएको २४ घण्टामा भिडियोले ३८ हजार भन्दा बढी भ्युज र पन्ध्र सय भन्दा बढी लाइक पाएको छ।
खुमन र सुनिताको तीज गीत ‘नाचिदेउ पुतली’ लाई दर्शकको साथ मिल्दै
