धरान – मेलिना मैनालीपछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्डबाट बाहिरिएकी अर्की गायिका सुदिता राईलाई पनि आफ्नो वाचा अनुरुप गायक राजेश पायल राईले आफ्नो संगीतमा यूगल गीत गाउने मौका दिएका छन् ।

गीत रेकर्डिङ्गसंगै राजेश पायल राई र सुदिता राईको आवाजमा सजिएको ‘लगन’ शीर्षकको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।

प्रशन एलुङ राईको शब्द रहेको यो गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई पृथक रेकर्ड्स स्टुडियोमा अनिल अधिकारी र विवेक राना पाहेलीले रेकर्डिङका साथै गीतलाई राजु कार्कीले नै मिक्सिङ र मास्टरिङ गरेका छन् ।

गीतमा गिटार सन्जिव सुब्बाले तथा रत्न विकले बाँसुरी बजाउनु भएको छ भने गीतको कोरसमा गायिकाद्वय दिपा तामाङ र संगीता राना पाहेलीले स्वर दिनु भएको छ ।

गीतको भिडियो छायांकन नोज राई र दुर्गाबान्तवा राईले गरेका हुन् भने भिडियो सम्पादन मनोज राईले गरेका हुन् ।

गायक राजेश पायल राईकै अफिसियल युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको उक्त भिडियो कतारमा समेत अहिले ट्रेन्डिङ्गमा रहेको छ भने मेलिना मैनालीसंगको गीत चोरी भो पनि सार्वजनिक भएको १० दिनपछि पनि ट्रेन्डिङ्गमै रहेको छ ।

तपाईको प्रतिक्रिया