काठमाडौँ – गायिका सरु गौतम र प्रताप दासको स्वरमा सजिएको मायालुलाई भेटेसी…..बोलको नयाँ गीतले युट्युवमा राम्रो भ्युज पाएको छ । कार्टुन क्रुज जुनियरका कलाकारहरुले म्युजिक भिडियो खेलेको यो गीत युट्युवमा रिलिज भएको भोली पल्टै ट्रेन्डिंगको १० औं नम्बरमा उक्लेको हो ।

सरोज अधिकारीको निर्देशनमा ज्ञानेन्द्र शर्माले काठमाडौंका धर्मस्थली र सिकलीचौर लगायतका ठाउँमा खिचेका दृष्य मनोरम छन् । गाउँले परिवेश पनि देखिन्छ । कुमार कटुवालको शव्द र दिपक शर्माको कम्पोज रहेको गीतमा एरेन्जरको भूमिका नरेन्द्र वियोगीको छ । गायक प्रताप दास संग यो गीतमा सुनिएकी गायिका सरु गौतमले झण्डै एक सय भन्दा बढि गीतमा स्वर दिइसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया