काठमाडौं १६ चैत । केहि दिन यता बढेको वायु प्रदषणले गर्दा भोली मंगलबार देखि चार दिन देशभरका सम्पुर्ण विद्यालय बन्द हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । आज आकस्मिक रुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा देशभरका सम्पुर्ण विद्यालय बन्द गर्ने निणर्य गरेको हो । लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएकाले पनि यस्तो अवस्था र्सिजना भएको जल तथा मौसमविद्‍ले जनाएका छन् । ।

तपाईको प्रतिक्रिया