काठमाडौं – सनसाईन एचके हेयर सलुन एण्ड स्पा हङकङ र नेपालमा संचालन गर्दै बिगत दुइ दशक देखि सौन्दर्य क्षेत्र मार्फत मुलुक तथा विदेश बस्ने नेपालीलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत युवा वर्गलाई रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी अनिता गुरुङलाइ उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै राजधानीमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको “नेसनल इन्टरटेनमेन्ट अवार्ड-२०२१” समारोहको अवसर पारेर ‘सौन्दर्यकर्मी बिसेष सम्मान-२०२१’ बाट सम्मानित गरिएको छ ।अत्यन्त निष्ठा तथा समर्पण भाबका साथ बरिष्ट महिला उद्धमी सौन्दर्यकला ब्यबसायी तथा समाजसेवीका रुपमा आफ्नो क्षेत्र मार्फत युवा वर्गलाइ रोजगार सिर्जना गर्दै नारि ससक्तिकरणको उदाहरण बनि राष्ट्र र समाजलाई पुर्याउदै आएको अतुलनिय योगदानको कदर स्वरुप युवा ब्यबसायी बरिष्ट सौन्दर्यबिद अनिता गुरुङलाइ सम्मानित गरिएको थियो।
चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ट अभिनेता कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रबिन्द्र खड्का, निर्माता संघको अध्यक्ष आकाश अधिकारि, चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र द्वन्द संघका अध्यक्ष नारयण प्रधान, लोकप्रिय अभिनेत्री दीपाश्री निरौला र प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ सहितका अतिथिले फुलमाला लगाएर ताम्रपत्रद्धारा उनलाई सम्मानित गरेका हुन् ।
प्रबासमा बसेर देशको हरेक क्षेत्र सौन्दर्य र सामाजिक कार्यमा सधै अग्रसर भएर सामाजिक कार्यमा पुर्याएको बिशिस्ट योगदान स्वरुप समाजसेवी अनिता गुरुङलाइ ‘सौन्दर्यकर्मी बिसेष सम्मान-२०२१’ सम्मान गरिएको आयोजक सुर्य चन्दले बताए ।