गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् । गायिका ज्योति मगरले सामाजिक संजाल फेसबुकमा आइतवार अलिक बोल्ड नै तस्विर शेयर गरिन् । कुनै ग्रामिण सडकमा खिचिएको उक्त तस्विरमा उनले आफ्नै टीसर्ट माथि तानेकी छिन् । तस्विरमा उनको वक्षस्थल स्पष्टसँग देखिन्छ ।

बोल्ड तस्विरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर, आइतवार तस्विरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ ।

‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब !’

फेसबुकमा १ लाख ४१ हजार भन्दा बढी फ्यान (५ हजार साथि र १ लाख ३६ हजार फ्लोअर्स) कमाएकी ज्योतिको उक्त तस्विर शेयर गरेको २ घन्टामा २ हजार ३ सय भन्दा बढि फ्यानले लाईक गरेका छन् भने ६४३ जनाले प्रतिक्रिया दिएका छन् भने ४८ जनाले शेयर गरेका छन् ।

मिश्रित प्रतिक्रिया आइरहेको उक्त तस्विरमा एक फ्यान लेख्छन् “सेक्सी हुनुको अर्थ आफ्नो प्राइभेट अंगहरु प्रदर्शन गर्नुपर्छ भन्ने हैन दिदी । मैले हजारौं से क्सी युवतीहरु देखेको छु । जसले आफ्नो पूरा शरिर कपडाले ढाकेका छन् । तपाइको बुझाइमा से क्सीको अर्थ नै गलत छ ।” ती फ्यानको प्रतिक्रिया ६१ जनाले मन पराएका छन् ।

तपाईको प्रतिक्रिया