काठमाण्डौ पौष ११ – नेपालि सुगम संगीतको बजारमा ए.बि.एस म्युजिक प्रालिले “तिमि संग” बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । गीतमा हेमन्त शिशिर सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतमा अजर अमर प्रेम प्रगाडता समाबेस गरिएको छ । हेमन्त शिशिर द्वारा शब्द संगीत भरिएको गीतको म्युजिक भिडियोमा सौगात धिताल र संचिता शाहीको मन लोभ्याउने अभिनय देख्न सकिन्छ ।
गीतको मिठासता जस्तै म्युजिक भिडियो पनि निकै मेहनतका साथ् तयार पारिएको छ । “तिमि संग” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन गोपाल थापाले गरेका हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन नबिन घर्ति मगरले गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।