काठमाण्डौ कार्तिक १९ – दुनियाँको उच्च रोजाईमा रहेका गायक तथा सर्जक बिष्णु खत्रीको पछिल्लो प्रस्तुति “लाहुरे बा को आंगनी” बोलको गीत भर्खरै बजारमा आएको छ । गायक तथा सर्जक बिष्णु खत्री, विभिन्न गीत संगीतको माध्यमबाट जनआवाज बोल्ने कलाकारको रुपमा चिनिन्छन् । उनले अहिले सम्म धेरै त्यस्ता जनताको पिंडा ब्यथा बोकेका गीतहरु बजारमा ल्याइसकेका छन् ।

यस पटक भने बिष्णुले नेपालीहरुको महान चाड दिपावलीको शुभकामना सहित तिहार गीत “लाहुरे बा को आँगनीमा” बोलको गीत बजारमा लिएर आएका हुन् । यस गीतमा पनि यी बिभिन्न चाड पर्वलाई विकृतिजन्य ढंगले नमनाउन आग्रह गर्दै संदेश स्वरूप बजारमा पठाईएको हो ।साथै गीतमा स्वदेशको सम्बृद्धिका निमित्त नेतृत्व तहमा रहनेका लागि पनि सद्बुद्धि पलाओस् भन्ने किसिमको आवाज बुलन्द छन् ।

गीतमा बिष्णु खत्री, टिका पुन र मुना थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ । बिष्णु खत्रीको लय र बिष्णु खत्री, कुशल भण्डारीको शब्दले सजिएको गीतको म्युजिक भिडियोमा निर्मल क्षेत्री, सम्झना खत्री र सगुना खत्रीको मौलिक पनको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन होम गुरुङ्ग, छायांकन मरुभूमि नारायण र सम्पादन सुबाश यम्गाईंको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया