असोज २६ काठमाण्डौ – नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुले जसरी पनि उत्कृष्ट स्वाद दिने कोसिस गरिरहेका हुन्छन । सोहि क्रमा जिबन कोइरालाले “मोबाइल वाली” बोलको गीत पनि भर्खरै बजारमा लिए र आएका छन् । गीतको म्युजिक भिडियोमा चन्दा दाहाल, आर.एन पुडासैनी, महेश कोइराला, लोकेन्द्र लामिछाने र साथीहरुको अत्यन्त रोमान्चक अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मध्ये एक मोडल आर.एन पुडासैनी धादिङ्ग जिल्लाका हुन् ।

उनले यस अघि पनि करिब ३०-३५ वटा गीतहरुको म्युजिक भिडियोमा काम गरिसकेका छन् । कुनै पनि गीत संगीतको म्युजिक भिडियो तयार गरिसके पछी बुस्ट गर्ने परिपाटीले राम्रा गीतहरुको म्युजिक भिडियोले राम्रो स्थान नपाउंदा मोडल आर.एन पुडासैनी दुखि छन् । उनि द्वारा अभिनित गीत अहिले बुस्ट बिना नै धेरै दर्शकहरुको नजरमा परिसकेको छ ।

“मोबाइल वाली” बोलको गीतमा एलिना चौहानको स्वर सुन्न सकिन्छ भने गीतलाई शब्द महेश कोइराला र संगीत रिमेश कुमारले भरेका छन् । अहिलेका युवाबर्ग लक्षित गीत र म्युजिक भिडियो भएकोले यस गीतबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने कुरामा ढुक्क हुन सकिन्छ । भिडियोलाइ निर्देशन तथा सम्पादन एकान्त मगरले गरेका हुन् भने सम्पादन यलेन मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया