महानायक राजेश हमालले चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने भएका छन् । हमालले १०० जना प्राविधिकलाई ५ हजारका दरले रकम हस्तान्तरण गर्ने जानकारी छ ।
प्राप्त जानकारी अनुसार हमालले गर्न लागेको सहयोगको रकम बढाउन चलचित्र प्राविधिक संघले आग्रह पनि गरेको छ । समस्यामा परेका प्राविधिकलाई हमालले सहयोग नगरेको भन्दै केही चलचित्रकर्मिले असन्तुष्टी पनि जनाएका थिए । अब हमालले गर्ने सहयोगले प्राविधिकलाई केही राहत भने पक्कै मिल्नेछ ।
चैत्रदेखि भएको लकडाउनले चलचित्र क्षेत्र ठप्प हुँदा चलचित्र क्षेत्रमा काम गर्ने प्राविधिकहरुलाई विशेष समस्या परेको छ । त्यसो त अन्य धेरै कलाकारले पनि समस्यामा परेका प्राविधिकलाई सहयोग गरिरहेका छन् ।
अब, कोरोना महामारी साम्य नभए सम्म चलचित्र क्षेत्र सुचारु हुँदैन । झन् झन् बढ्दै गएको महमारीले कलाकारलाई नै समस्या पर्न सक्ने अवस्था आउन सक्छ । हुन त साना कलाकारलाई अहिले पनि समस्या परीरहेको नै छ ।