अमेरिका बसेर लामो समयदेखि हिट हिट नेपाली गीत गायनमा सफल भइरहेका चर्चित गायक सुदन गैरेले आफ्नो अर्को धमाकेदार गीत ‘उडी जाने जेट’ लिएर आएका छन। गायक सुदन गैरे र गायिका मेलिना राईको युगल स्वरमा रहेको यस गीतमा लेखु सहयात्रीको शब्द रहेको छ। सुवास भुसालले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
डान्सिङ बिट यस गीतमा चर्चित अनुहारहरु एलिशा शर्मा र भिजु पार्कीको दमदार नृत्य हेर्न सकिने छ। प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहने भिडियोको छायांकन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा गरिएको छ भने जसमा अस्ट्रेलियन मोडेलको समेत अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।
अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक गैरेको “सानी” हिट गीत मानिन्छ उक्त गीतलाई हालसम्म ३८ लाख बढी दर्शकले हेरिसकेका छन्। यस लगायत गायक गैरेका “कोहिको माया हिरा” , “साथ मागेर”, “गोरेटो” बोलको गीतहरु सार्वजनिक भैसकेका छन्। कोरना कहर बीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गैरेले अग्रिम रुपमा आग्रह गरेका छन् साथै म्युजिक भिडियो तिज पश्चात सार्वजनिक गरिने उनले बताएका छन्।