दाेलखा तामाकोसी गाउँपालिका -३ जफेमा जन्मेका अल्बर्ट खड्का सानै उमेरदेखिनै समाजसेवामा लागिपरेका छन् ।
नेपालमा २०७२सालमा अाएकाे भुकम्पमा उनले धुर्मुससङ्गै मिलेर धेरै साथ सहयाेग पनि गरेका छन् । उनले निरन्तर समाजमा अाएका बिपत्तिहरुमा भुकम्प पिडित,बाढीपहिराे पीडित, अति बिपन्न मजदुरहरु लाई व्यक्तिगत र सामाजिक समूह सङ्ग मिलेर राहात वितरण गरेका छन्। पिडितहरुलाई राहतस्वरूप खाधन्न तथा लत्ताकपडा वितरण गरेका हन् । त्यतिमात्र नभएर अलबर्ट चितवनमा बन्दै गरेको गौतम बुद्ध रंगशाला निर्माण अभियान्ता पनि हुन् ।
आउनुस यो बिपत्तिको समयमा गरिब दुखीको सहयात्री बनौं ।भोलि मरेर जादा ४ लाख हैन चार जना चाहिन्छ ।आखिर घमण्ड केका लागि अनि कस्का लागी ?अरुको खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गरौं ।संगै मिलेर गरिब दुखी र पीडितको पिडा भित्री मन बाट मनन गरौं र आफुले सकेको सहयोग गरौं भन्ने धारणाको साथ निरन्तर अघि बढिरहेका छन् ।
त्यस्तै भैसिपाटि एकान्तकुनामा रहेका अति बिपन्न मजदुर ६ घर परिवार लाई खाद्यान्न वितरण पनि गरेका छन्।
अल्बर्ट अहिले जम्मा २० बर्ष उमेरका भएका छन्। उनले सामाजिक काम गर्दै अाएकाे र पछि सम्म निरन्तरता दिने बताएका छन् । उनकाे जिबनकाे लक्ष्य भनेकाेनै समाजसेवा रहेको बताएका छन्।