नयाँदिल्ली : महेन्द्र सिंह धोनीले सन्यास लिएको एक घण्टापछि सुरेश रैनाले पनि सन्यास घोषणा गरेका छन्। ३३ वर्षीयले रैनाले पिन धोनीकै बाटो समातेका हुन्। उनले धोनीकै शैलीमा इन्स्टाग्राममा यसबारे जानकारी दिएका छन्। रैनाले लेखे, माही! तपाईंसँग खेल्न पाउँदाको समय धेरै प्यारो थियो। अब अगाडिको यात्रामा पनि म तपाईंकै साथमा चल्न चाहन्छु। सुरेश रैनाले ३० जुलाई २००५ मा श्रीलंकाविरुद्ध दाम्बुला वान डेबाट डेब्यु गरेका थिए। रैनाले १८ टेस्टमा ७६८ र २२६ वान डेमा ५६१५ रन बनाएका छन्। उनको नाममा ७८ टी-२० मा१६०५ रन रहेको छ। रैनाले टेस्टमा र वान डेमा ५ शतक लगाए। टी-२० मेा उनको नाममा एक शतक छ। उनले यसअघि चयनकर्ताहरुले आफूलाई बिनाकारण टिमबाट बाहिर राखिदिएको आरोप लगाएका थिए। उनले एक युट्यूब च्यानलमा भनेका थिए, ‘मलाई लाग्छ चयनकर्ताहरु सिनियरप्रति जिम्मेवार हुनुपर्छ। मसँग कुनै कमी भए मलाई बताउनुपर्थ्यो। जसले म सुध्रिन सकुँ। जबसम्म कारण पत्ता चल्दैन तबसम्म कोही कसरी सुध्रिन सक्छ?
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
मोरङ कटहरीका १२ सय महिलाको प्रजनन स्वास्थ्य परीक्षण
विराटनगर ७ पुस । मोरङको कटहरीका एक हजार बढी महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण गरिएको छ । रिप्पल नेपाल चितवनको प्राविध...
पौष ०८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला ...
आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्र...
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अन्तरक्रिया
विराटनगर ÷ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित अन्तरक्रिया आयोजना गरेको छ । ...
एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाअन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्...
अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
विराटनगर / विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हु...