काठमाडौँ । बरिष्ट गायक आनन्द कार्की र गायिका शान्ता खत्रीको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘लाऊ माया पिरती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्बजनिक गीतको शब्द गायिका स्वयंमले लेखेकी हुन् भने रिमेश कुमारले संगीत भरेका छन् ।
लिगेश भट्टराईको निर्देशनमा तयार भिडियोमा मोडल दिनेश के.सी, निर्देशक लिगेश स्वयंमका साथमा मोडल ऋचा थापा र अस्मिता विश्वकर्मालाइ फिचर्ड गरिएको छ । भिडियोलाई मदन कश्यप घिमिरेले छायाँकन गरेका हुन् । भिडियो हेर्नुहोस :