मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
उपहारका नाउँमा बिग्रेको वस्तु हात लागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विभिन्न अवसरले पछ्याउने छन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले कीर्ति दिलाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनु पर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । सोचेभन्दा कम फाइदा मिल्नेछ ।

तपाईको प्रतिक्रिया