विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा लकडाउनको प्रभाव पर्दा निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाउने लक्ष्य पूरा नहुने भएको हो ।

कोरोना अघिसम्मपनि निर्माण कम्पनीले प्रतिबद्धता अनुरुप विमानस्थल ६ महिना अघि नै हस्तान्तरण गर्न सकिने बताउँदै आएको थियो । तर विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस र त्यसलाई रोक्न सरकारले गरेको लकडाउनका प्रभाव विमानस्थल निर्माणमा परेपछि निर्माण कम्पनीले निर्माण सम्पन्न गर्ने समयसीमा भन्दा ६ महिना अघि नै विमानस्थल निर्माण कार्य नसकिने बताएको छ ।
हेर्नुहोस पुरा भिडियो

https://youtu.be/ZKO1mc6H78k

तपाईको प्रतिक्रिया