नेपाली सिनेमाका चर्चित नायक राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको आशयमा एक अन्तर्वार्ता दिएकी हाँस्य कलाकार दिपाश्री निरौला विवादमा तानिएकी छिन् । चौतर्फि विवादमा तानिएपछि फेसबुकमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका फ्यानसँग माफि मागेकी छिन् । निरौलाले अबदेखि अन्तर्वाता दिँदा पत्रकारको आशय र उदेश्य बुझेर मात्र जवाफ दिने कोशिस गर्ने बताएकी छिन् ।

कोरोनाका कारण चलचित्र प्राविधिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीले सहयोग गरे पनि महानायक हमालले नगरेका कारण आफूले सो टिप्पणि गरेको निरौलाले बताएकी छिन् । यस्तै आफ्नो विगत सम्झदै निरौलाले लेखेकी छिन्, ”मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन, म यो क्षेत्रमा ३० बर्ष देखि छू , टुप्पो बाट पलाएको पनि छैन ।” यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

तपाईको प्रतिक्रिया