मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ । जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । व्यवसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ । सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला । उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । विभिन्न अवसरले पछ्याउने छन् । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ । आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । धनको पनि लाभ होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । टाढाको यात्राको पनि संभावना रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दैछ । काम गर्नमा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला, सावधान रहनु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला । यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैँया पैसा प्राप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ । नँया योजनाहरुको पनि सिर्जना हुने दिन छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पूराना साथी भाइसँग पनि भेट होला । भौतिक साधन जुट्नेछन् । नउठ्ने रकम उठ्ने दिन छ, मन प्रफुल्ल रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, विचार गर्नु होला । ईष्या गर्नेहरू सक्रिय रहनेछन् । छर छिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नँया काममा समय मात्र बित्नेछ । नोकरीमा आज अल्छी लाग्न सक्छ ।