वासिङ्गटन डीसी । नेपाल-अमेरिका फिल्म सोसाइटीले २०२० स्थगित भएको छ । जुन २६ देखि २८ सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गर्न लागेको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगन भएको हो ।
नेपाल, अमेरिका र अन्य विभिन्न देशबाट आवेदन परेका चलचित्रहरुको छनोट प्रक्रियामा रहेको चलचित्र महोत्सवको सबै प्रक्रिया स्थगित भएको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आवेदनका क्रममा चलचित्रकर्मीहरुले तिरेको सम्पूर्ण शुल्कहरु पनि फिर्ता गरिएको छ ।
अन्तिम तयारीमा रहेको अन्तर्राष्ट्रिय महोत्सव कोरोना संक्रमणले गर्दा विश्वव्यापी स्वास्थ्य संकट थप अनिश्चित बन्दै गएकोले स्थगन गर्नु परेको विज्ञप्तीमा उल्लेख छ । कोरोनाभाईरसको माहामारीकै कारण महोत्सव आयोजना हुने म्यारिल्याण्ड लगायत संयुक्त राज्य अमेरिकाका प्राय सबै राज्यहरुमा संकटकाल घोषाणा गरिएको छ ।
यस वर्षको महोत्सव स्थगित भए पनि केहि भर्चुअल कार्यक्रमहरु गरिने योजना छ । कोरोना संक्रमणको संकट सामान्य बन्दै गएपछि चलचित्र महोत्सव २०२१ को घोषणा र अन्य चलचित्र सम्बन्धि वार्षिक कार्यक्रमहरु घोषणा गरिने छ ।