काठमाडौं। केही दिनअघि कोरोनाभाइरस मारेरै फर्कने भन्दै चीन गएकी बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तले फेरि अर्को हंगामा गरेकी छिन् । उनले भिडियो शेयर गर्दै यो भाइरसबाट पीडितको लागि भगवानसँग प्रार्थना गरेकी छिन् । उनले भिडियोमा जनावर खाएका कारण यसको प्रकोप फैलिएको भन्दै जनावर खाएको सजाय पाएको बताइन् ।
भिडियोमा राखीले पूरै चीनको तर्फबाट भन्दै प्रभूसँग माफी मागेकी छिन् । राखीको यो भिडियोलाई धेरैले ट्रोल बनाएका छन् । उनको खिल्ली उडाउनेहरुले इश्वर तिम्रो फोनमा बसेका छन् ? भन्दै प्रश्न गरेका छन् । यसअघि पनि राखीले आफू कोरोनाभाइरस मार्न चीन गएको भन्दै भिडियो शेयर गरेकी थिइन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई चीन पठाएको बताएकी थियन् ।