काठमाडौ । धेरै कला भएका कलाकार हुन् , विश्व आनन्द पोखरेल । अभिनय कलाका सिकेर कलाकारितामा लागेका उनी सबै खाल्का अभिनय गर्न सक्षम छन् । यति मात्र होइन उनी क्यारिकेचरमा पनि पोख्त रहेका छन् ।
केटाकेटी दुवैको आवाजमा नेपाली गीतहरु गाउन सक्छन् । नेपाली कलाकारहरुको क्यरिकेचर देखि लिएर बलिउड कलाकारहरुको समेत क्यरिकेचर गरेर हसाँउने क्षमताका उनमा रहेको छ । उनी भन्छन्, मलाई बलिउड र भोजपुरी फिल्मबाट अभिनयकोे लागि अफर आइरहेको छ । अहिले यसैको तयारीमा लागेको छु ।’
तितो सत्यमा लादेनको भुमिका
उनी तितो सत्य हिट सिरियलमा ओसाविन लादेनको भुमिका दर्शकले निकै रुचाएका पात्र थिए । यस सिरियलमा उनी एकाएक चर्चामा आउन सफल भए । तर उनलाई आफु चर्चामा आएको थाहै भएन । उनले यो क्यारेक्टरलाई निरन्तरता दिन सकेनन् ।
उनी नाचुक अवस्थामा पुगे । उनी आथिृकको चपेटामा परे पछि डिप्रेसनको शिकार भए । तर आपुलार्ए सह िठाउमा ल्याउनका लागि पुस्तकहरु पढ्न थाले । उनी विस्तारै ठिक भए र दिनेश डिसीको टयाक्क टुक्कमा खेल्न थाले । तर उनको आर्थिक अवस्था सुध्रिएन ।
गायनमा रुचि
मलाई गायनमा पनि उतिकै शोक छ । नेपाली मात्र गीत नभएर हिन्दि ,भोजपरी गीत पनि राम्रै गाउँछु । उनको क्षमता यति मात्र होइन ,लेडिज भोकलमा पनि राम्रै गीत गाउन सक्छन् । उनी सामाजिक कार्यमा पनि सक्रिय रहेका छन् । अहिले साधना गर्दै रहेका विश्व आनन्द भोलीका दिनमा राम्रै कलाकार बन्ने उनको विश्वास छ ।
रोडमा पनि सुते
कहिले रोडमा त कहिले ढलमा काम गर्दै हिडेका उनी साधना र तमस्याले नै यो सफलता प्राप्त गरेको उनी बताउँछन् । विस्तारै घरमा प्लास्तर गर्ने मिस्त्री पनि बने । उनि यस्ता काम गर्दा गर्दै विस्तारै विरामी परे । उपचार गर्ने पैसा पनि भएन । उनी विरामीले मरनको दोसाधमा पुगे । यतिहुदा समेत उनलाई थाहा भएन ।
विस्तारै उनलाई मिडियाले खोज्न थाल्यो । मिडियामा आए पछि एकाएक भाइरल भए । यसपछि विस्तारै उनमा सुधार आयो । साथीहरु पनि साथमा हुन थाले । अहिले उनी साधना गरिरहेका छन् । भोलीका असल कलाकारिता बन्ने बाटो खोजिरहेका छन् । अहिले नै विश्व आनन्दलाई सफलताको शुभकामना ।