पि.के. ईन्टर्टैनमेन्टकाे निर्माण तथा ग्लाेरी मिडिया प्रा.लि.काे प्रस्तुतिमा नेपाल टेलिभिजन-2 बाट प्रसारण भईरहेकाे हाँस्यव्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भाे” ले यहि शनिबार २५ अाैँ भाग पूरा गरेकाे छ । उक्त अवसरमा निर्माण पक्ष र अाबद्द कलाकारहरूद्वारा केक काटेर सुटिङ स्पटमै खुशियाली मनाएका थिए । अर्जुन गाैतमद्वारा निर्देशित उक्त टेलिचलचित्रमा कमल श्रेष्ठ निर्माता, रामप्रसाद महर्जन कार्यकारी निर्माता तथा कपिल देवकाेटा सह निर्माता रहेका छन् भने साहित्यकार सनत अाचार्यकाे कथा तथा पटकथा लेखन रहेकाे छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चाेटिलाे प्रहार गरिने प्रस्तुतिकरणका कारण “कुरा मात्र भाे “ले दिनानुदिन दर्शककाे मन जितिरहेकाे छ । चर्चित पुराना तथा अनुभवी कलाकारहरू राेशनी सापकाेटा, उत्तम अर्याल काेदे, रामप्रसाद महर्जन, लक्ष्मण चाैँलागाई तथा नयाँ प्रतिभाशाली कलाकारहरू धर्म भण्डारी, विरूप घले, ग्याम्जाे लामा, कपिल देवकाेटा, गाेपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनाेज श्रेष्ठ, ठाकुर अाचार्य , प्रनिश गिरी, ईन्द्र अालेमगर, लिजा रानामगर, मेनुका गुरूङ अादिकाे बेजाेड अभिनय रहेकाे यश टेलिश्रृंखलाका छायाँकार समीर राई, संगीत र गायन मिनप्रकाश अाेली, सम्पादन नवीन पन्त रहेका छन् भने कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी साथै सह निर्देशनमा भाेला बाबू रहेका छन् ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाण्डू, २०८१ माघ २ गते बुधबार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मर्क्युर होटेलको आज उद...
तत्काल संसद् अधिवेशन आह्वानको माग
काठमाण्डू, २०८१ माघ २ गते बुधबार । प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपा...
घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
भोजपुर, २०८१ माघ २ गते बुधबार । मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्...
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ: प्रधानमन्त्री
काठमाडौँ, २ माघः नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र...
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
सियोल, २०८१ माघ २ गते बुधबार । अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारव...
२०८१ साल माघ ०२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न स...