राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा लोक तथा दोहोरी गीत संगीतको विशेषता निकै उच्च रहेको छ । यसमाथि पनि पुर्बेली गीतको मिठासताले सम्पूर्ण सांगीतिक प्यासी मनहरुको ध्यानलाई एकात्रित पार्ने गर्दछ । यसैलाई मध्यनजर राख्दै कुमार दुमी राई र कोपिला राइको सुमधुर स्वरमा “हुरहुरे डाडैमा” बोलको भर्खरै बजारमा आएको छ । आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ पनि यस्ता गीतहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्ने गर्दछ । कुमार दुमी राईको लय र अमृता बान्तवाको शब्दबाट सुसजित गीतलाई स्टुडियो किङ्ग बानेश्वरमा रेकर्ड गरिएको हो ।
गीत सुन्दा र हेर्दा बिस्वको जुनसुकै कुना कन्दरामा रहे पनि आफ्नै गाउँ वस्ती रहेको आभास हुने गर्दछ । यस गीतको म्युजिक भिडियोलाई छायांकन सुजन कोयी राई बिकाश लिम्बु र बिपन पोख्रेलले गरेका हुन् । सम्पादन अभिनयक मान सेरचनले गरेका छन् हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।