प्रकाश सपुत र वरिष्ठ गायक शम्भु राईबीचको बिवाद मिल्ने छाँटकाँट नै देखिएको छैन । शम्भुले प्रकाश सपुतको चर्चित गीत गलबन्दीको लयआफनो गीत आउ नाचौँ संगी होसंग मिलेको भन्ने आशयसहितको अन्तरवार्ताहरु दिएपछि प्रकाशले हिजो बेलुकीमात्र शम्भु राईको नाममा खुला पत्र लेखे । उनले खुलापत्रमा शम्भु राईको उक्त गीत आफुले नसुनेको दाबी गरेका छन् । उनले गलबन्दीको लय शम्भुको गीतबाट कपी नगरेको उनले दाबी गरेका छन् । तर यता शम्भु भने यस कुरालाई स्वीकार गर्न चाहादैनन् । उनले दाबीका साथ गलबन्दी गीतको लय आफनो गीतसंग मिलेको बताएका छन् ।

एक अन्तरवार्ताको क्रममा उनले भने “जो सुकैले जे सुकै भने पनि मैले २०४८ साल भन्दा अगाडी मैले लय हालेर गीत रेकर्ड गरेको हो । त्यो लय गलबन्दीमा परेको छ । म यो दाबीका साथ भन्छु । कसैले मलाई जति सुकै गाली गरे पनि मेरो सृजनामाथि कसैले हकदाबी गर्न मिल्दैन” । उनले लोक गीत कसैको पेवा नभएको तर आफुले बनाएको उक्त गीत कुनै ठेट लोकभाकाबाट ल्याएको नभई , कपी नगरेकोले आफनो गीतको अधिकार आफुसंग भएको उनको भनाई छ । उनले प्रकाशले आफनो गीत चोरेको आफुले कहिल्यै नभनेको तर संयोगबस मिले पनि गीतमा आफनो नाम आउनु पर्ने उनको तर्क छ । शम्भुले प्रकाशसंग आफनो रिस डाहा, पूर्वाग्रह केही नभएको स्पष्ट पार्दै उनले प्रकाशका लागि सहयोग गर्न आफु हरदम तयार रहेको तर आफु नै सकिन्ने गरी प्रकाशलाई सहयोग गर्न नसक्ने उनी बताउँछन् ।

उनले प्रकाशलाई सम्बोधन गर्दै भने “गीतमा लय मिलेको छ , लय मिलेकोमा संम्बोधन गर्नुस , तपाईसंग मैले पैसा मागेको छैन । यति हो तपाई पछि चोर हुने डुप्लिकेट हुने काम नगरिदिनुस” । उनले आफनो गीत भन्दा गलबन्दी गीत बढि हेरिएको र हेर्ने दर्शकहरुले पछि आफनो गीत सुनिहाले भने अरुको नजरमा आफु चाही चोर हुने भन्दै गुनासो गरे । उनले भने “यदि गीत सबै मिलेको छैन भने जहाँ जहाँ निर उनको गीतको लय मिलेको छ की त्यो फालिदिनु होईन भने क्रिएशन र रिक्रिएसन भनेर लेखिदिनुस” । उनले प्रकाशलाई सांगेतिकरुपमा आफु सहयोग गर्न सधै तयार रहेको बताउदै उनले भने “तपाईले मलाई पैसा दिन पर्देन , मेरो नाम चाही मेट्ने काम नगरिदिनुस त्यती हो” । यसरी बुझदा शम्भुले प्रकाशसंग अरु कुरा नभई गीतमा आफनो नाम नआएको कारण चित्त दुखाएका हुन् । तर प्रकाशले भने खुलापत्रमार्फत आफुले शम्भुको गीतबाट लय कपी नगरेको बताउँछन् ।

तपाईको प्रतिक्रिया